सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा तिहारमा पटाका पड्काउन नपाइने, राति १० बजेपछि देउसी बन्द 

२०७९ कार्तिक ५, ०६:१५ खबर संवाददाता

धनगढीः कैलालीमा तिहारको समयमा पटाका पड्काउन नपाइने भएको छ। स्थानीय प्रहरी, प्रशासनले तिहारका समयमा पटाका पड्काउन रोक लगाएको हो। 

यस्तै राति १० बजेपछि देउसीभैलो खेल्न पनि रोक लगाइएको रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।रमाइलोको नाममा पटाका पड्काउदा र राति अबेरसम्म देउसीभैलो खेल्दा घटना तथा दुर्घटना हुनसक्ने भन्दै पटाका बिक्री वितरण तथा पड्काउनमा रोक लगाइएको हो। 

यदी कसैले यसको उल्लङ्घन गरेको पाइएमा प्रचलित कानूनअनुसार कारबाही गरिने जनाइएको छ। 

कमेन्ट लोड गर्नुस