कैलालीमा बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
धनगढी: कैलालीमा बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ।
चिसापानीमा कार्यरत हवल्दार नेत्र जैसी कठायतको चिसापानी आउने क्रममा बसले ठक्कर दिँदा मृत्यु भएको हो।
जैसी सवार से१ ब २१६ नम्बरको मोटरसाइकललाई ना ६ ख ७४५९ नम्बरको बसले पछाडीबाट ठक्कर दिएको थियो। दुर्घटनामा घाइते उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए।
लम्कीचुहा नगरपालिका घर भएका जैसी कार्यालयकै काममा वडा नम्बर ३ को बलचौरमा खटिएका थिए । बस र चालक ज्यातीसिंह चौधरीलाई प्रहरीले नियन्न्त्रणमा लिएको छ।