सुदूर नेपाललाई विश्वसँग जोड्दै

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

२०७९ कार्तिक ४, ११:४१ खबर संवाददाता

काठमाडौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  ६ सयले घटेर रु ९२ हजार पाँच सय तोकिएको छ। सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार छ सय थियो।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार एक सय ७० कायम रहेको महासङ्घले जनाएको छ।

कमेन्ट लोड गर्नुस