कैलालीमा चितुवाको बच्चा फेला, वन कार्यालयलाई बुझाइयो
धनगढी: कैलालीमा चितुवाको बच्चा फेला परेको छ। बिहीबार जिल्लाको लम्कीचुहा नगरपालिका-४ बलिया भन्ने स्थानमा चितुवाको बच्चा फेला परेको प्रहरीले बताएको हो।
प्रहरीका अनुसार बलियामा चितुवाको बच्चा भेटिएको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय लम्की र इलाका वन कार्यालय लम्कीको संयुक्त टोली त्यहाँ पुगेको थियो। उक्त चितुवाको बच्चा नियन्त्रणमा लिई इलाका वन कार्यालयलाई बुझाइएको बताइएको छ।