सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग 

२०७९ कार्तिक ३, ०४:५५ खबर संवाददाता

धनगढी: जन्मदिनको अवसरमा कैलालीको धनगढीमा रहेको दृष्टि फाउन्डेसन नेपाललाई खाद्यान्न सहयोग गरिएको छ। कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ घर भएकी लालमतीदेवी उपाध्यायको ८०औँ जन्मदिनको अवसरमा फाउन्डेसनलाई खाद्यान्न सहयोग गरिएको हो।

खाद्यान्न तथा सरसफाइ सामग्री सहयोग गर्दै फाउन्डेसनमा जन्मदिन मनाइएको उनका छोरा चन्द्रराज उपाध्यायले बताए। स-परिवार नै फाउन्डेसनमा गएर जन्मदिन मनाइएको उनले बताए।   

कमेन्ट लोड गर्नुस