सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कुहिने र नकुहिने फोहोर छुट्टाउन 'डस्टवीन' राखिए 

२०७९ कार्तिक १, ०७:३४ खबर संवाददाता

धनगढी: उपमहानगरपालिकले फोहोर व्यवस्थापनका लागि कुहिने नकुहिने फोहोर छुट्टाउन फरक–फरक डस्टवीन राखेको छ। सोमबार धनगढीका केही स्थानमा डस्टवीन राखी सो कार्यको थालनी गरिएको हो।

धनगढी चौराहा, नेशनल चोक, ज्ञानु प्लाजाको नजिक कुहिने र नकुहिने फोहोर छुट्टाउन फरक फरक डस्टवीन राखिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ। साथै सम्पूर्ण धनगढीवासीलाई धनगढी सुन्दर र सफा बनाउने उपमहानगरको अभियानमा सहयोग गर्न उपमहानगरपालिकाले अपिल गरेको छ।

कमेन्ट लोड गर्नुस