सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्रीले गोदावरीलाई लेखराजको राजधानी भनेः भट्ट

२०७९ असोज ३१, ०२:३३ खबर संवाददाता

धनगढीः नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमाथि आरोप लगाएका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिमको स्थायी राजधानी तोकिएको गोदावरीलाई लेखराजको राजधानी भनेर उपनाम दिएको बताएका हुन्।

सोमबार अत्तरियामा कैलाली क्षेत्र नम्बर ४ निर्वाचन परिचालन समितिको सचिवालय तथा सम्पर्क कार्यालयको उद्घाटन सभामा बोल्दै भट्टले सो कुरा बताएका थिए। ‘पछिल्लो चरणमा हाम्रो मुख्यमन्त्री त्रिलोचन भट्टले यो त लेखराजको राजधानी हो। किन बनाउने भन्या छ। अहिले उहाँहरु नै गठबन्धनमा हुनुहुन्छ। कहाँ बन्यो राजधानी। यी कुरालाई जनताका बीचमा लैजान जरुरी छ।’

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका भट्टले भने, ‘यो राजधानी कुनै लेखराजको लागि, अत्तरियाको लागि होइन्। यो सुदूरपश्चिमको उपयुक्त भूगोलको आधारमा तोकिएको हो।’
 

कमेन्ट लोड गर्नुस