सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम-१ मा रावल आउट, बोहरा इन

२०७९ असोज २१, ०७:०६ खबर संवाददाता

धनगढीः प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि एकल सिफारिसमा परेका एमाले नेता भीम रावलको टिकट खोसिएको छ। अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि रावलको नाम एमालेको जिल्ला र प्रदेश कमिटिले सिफारिस गरेको थियो। 

तर केन्द्रले रावलको ठाउँमा सुदूरपश्चिमका पूर्व आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराको नाम पठाएको छ। अछाम निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि बोहराले टिकट पाएका हुन्। १०औं महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षमा भिडेका रावलले अछाम–१ मा एमालेबाट प्रतिनिधिसभातर्फको टिकट नपाएका हुन्। बोहरा नेकपाको एकता बदर भएपछि नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका थिए। 

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा प्रदेश सभा सदस्यका लागि कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाएका छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि पुनः यज्ञ बोगटीले टिकट पाएका छन्। निर्वाचन क्षेत्र नम्बर २ मा प्रदेश सभा सदस्यको उम्मेदवारका लागि भीम विष्ट र शिव उपाध्यायले टिकट पाएका छन्।

कमेन्ट लोड गर्नुस