सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेरी नदीले खतराको तह पार गर्‍याे

२०७९ असोज २१, ०३:४८ खबर संवाददाता

सुर्खेत: लगातरको वर्षाका कारण भेरी नदीमा पानीको सतह बढेको छ। भेरी नदीमा बाढीको बहावले खतराको विन्दु पार गरेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ।

भेरी नदीको जाजरकोटको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ। भेरी नदीमा खतराको विन्दु पाँच मिटर हो। तर अहिले भेरी नदीको बाढीको जल स्तर खतराको तह पार गर्दै ५ दशमलव २३ मिटर पुगेको छ।

भेरी नदीमा पानीको जल स्तर बढेपछि भेरी–बबई डाइभर्सन निर्माणस्थल चिप्लेमा निर्माण सामग्री सुरक्षित ठाउँमा सार्न थालिएको रक्तकाली गण बाँगेशीमल सुर्खेतका प्रमुख विमल डाँगीले बताए। नदी किनारामा रहेका निर्माण सामग्री सुरक्षित ठाउँमा लैजान थालिएको छ। 

कमेन्ट लोड गर्नुस