सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका नाली खोल्दै उपमहानगर

२०७९ असोज २१, १२:१७ खबर संवाददाता

धनगढीः धनगढीमा वर्षाको पानीका कारण डुबान भएको क्षेत्रका सडकका नाली खोल्न थालिएको छ। धनगढी उपमहानगरपालिका भित्रका बिभिन्न वडामा वर्षाको पानी निकास रोकिएपछि उपमहानगरपालिकाको स्काभेटर र नगर प्रहरीले नाली खोलिरहेका हुन्। 

बिहीबार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को निर्सग अस्पताल पछाडिको सडकको नाली सफाइ गरिएकोमा शुक्रबार बिहानैदेखि वडा नम्बर ३ को मिलन चौक, चण्डेश्वरी मन्दिर क्षेत्रको सडकको नाली, वडा नम्बर ५ को बुलन्दमार्ग र ग्यालेक्सी मार्गको सडकको नाली सफाइ गरिएको छ। केहीबेरमा वडा नम्बर ५ को गौरीशंकर मन्दिर पछाडिको सडकको नाली सफा गरिने बताइएको छ। 

धनगढीका सडक तथा बजार क्षेत्र वर्षपछि डुवानमा पर्दै आएको छ। पानीको निकास बन्द हुने गरे निर्माण गरिएका संरचनाका कारण धनगढी डुबानमा पर्दै आएको हो।
 

कमेन्ट लोड गर्नुस