डोटीमा एक पुरुष मृत फेला
२०७९ असोज १६, ०५:५२
धनगढी: डोटीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको शिखर नगरपालिका-६ स्थित लुवाखडि खोलामा सोही नगरपालिकाको देतडाका ४० वर्षीय अम्मर मल्ल मृत फेला परेका प्रहरीले बताएको छ।
प्रहरीका अनुसार उनी शनिबार मृत फेला परेका थिए। घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।
कमेन्ट लोड गर्नुस