सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली-कञ्चनपुरमा प्रहरी तथा बस चालकलाई सम्मान 

२०७९ असोज १५, ०९:४४ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरिया र कञ्चनपुरको महेन्द्रनगरमा प्रहरी तथा बस चालकलाई सम्मान गरिएको छ। महेन्द्रनगर बसपार्कमा लायन्स क्लब अफ महेन्द्रनगर सिटी, लियाे क्लब अफ महेन्द्रनगर सिटी स्माईल, लियो क्बल अफ लिटिल बुद्धले र अत्तरिया बसपार्कमा लियो क्लब अफ शिवपुरी धामले उनीहरुलाई सम्मान गरेको हो। 

महेन्द्रनगरमा ३० जना सवारी चालक र बस व्यवसायी समिति सम्मानित भएका थिए। यस्तै अत्तरियामा १५ जना सम्मानित भएका थिए। अत्तरियामा लियो क्लब अफ शिवपुरीकी अध्यक्ष प्रगति पनेरुको अध्यक्षता तथा महेन्द्रनगरमा लियो क्लब अफ महेन्द्रनगर सिटी स्माईलकी अध्यक्ष प्रियंका जोशीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो।

दसैंको मुखमा पनि बस चालक तथा प्रहरी जिम्मेवारी र कामको सम्मान गर्दै सम्मानित गरिउको बताइएको छ। भोलि लम्की र धनगढीमा पनि सम्मान कार्यक्रम गरिने बताइएको छ। 

कमेन्ट लोड गर्नुस