सुदूर नेपाललाई विश्वसँग जोड्दै

मधेसका गृहमन्त्री र भारतीय सुरक्षा प्रमुखसङ्गै दिल्लीतिर

२०७९ असोज १४, १०:३२ खबर संवाददाता

धनगढीः भारतीय सीमा सुरक्षा बलका प्रमुख सुयोग लाल थोयोसेनसहितको ६ सदस्यीय टोली चार दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएको छ। मंगलवार काठमाडौँ आइपुगेको भ्रमण दल नेपाल एअरलाइन्सको आरए(२१७ को उडानमार्फत भर्खरै नयाँ दिल्ली उडेको हो।

सशस्त्र प्रहरी बल (एपीएफ) र एसएसबीबीचको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन काठमाडौं आइपुगेका हुन्। भ्रमणका क्रममा थोयोसन नेतृत्वको टोलीले उच्चस्तरीय भेटघाट गरेको थियो।

सोही विमानमा मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहसमेत दिल्ली गएका छन्।

कमेन्ट लोड गर्नुस