सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी प्रशासनले भन्योः चुनाव आयो, हातहतियार बुझाउनू

२०७९ असोज १४, ०८:१६ खबर संवाददाता

धनगढीः डोटीमा आगामी संसदीय निर्वाचनलाई मध्यनजर गरेर हातहतियार बुझाउन उर्दी जारी भएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर हातहतियार कार्तिक ५ गतेभित्र बुझाउन भनेको छ। 

आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरू बुझाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारीले बताए। बुझाइएका हातहतियार निर्वाचनपछि फिर्ता गरिने बताइएको छ। 

कमेन्ट लोड गर्नुस