सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटेली जनताबीच एकता आवश्यक !

२०७९ असोज १३, ०९:५३

-आकाश खड्का 

डोटीको राजनीति गर्माएको छ। नेताहरु केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म सबै नेताहरु सक्रिय बनेका छन्। पहिलेजस्तै फेरि चुनावको तयारीमा नेताहरु खटिएका छन्। तर, अब यी नेताहरुबाट डोटेली जनता ठगिनु हुदैन। डोटीका सोझासाझा सर्वसाधारण जनतालाई आउँदै गरेको मंसिरको संसदीय चुनावमा ठग्छन् कि ? भने चिन्ता भइसकेको छ। किनकी यसअघिका प्रतिज्ञाहरु अझै अधुरा र अपुरा छन्। 

नेताहरु डोटीको चुनावमा पैंसा, पावर अझ भनौं साम, दाम, दण्ड र भेद सबै लगाउन तयार छन्। मासुभात र मदिरा पनि पिलाउँन तयार छन्। सबैभन्दा बढी फुस्रा कुराहर गरेर चिल्ला भाषण दिँदै एकअर्काको कुरा काट्ने मेलोमा नेताहरु छन्। 

यो समयमा डोटेली सबै जनताले आफू होसियार हुन आवश्यक छ। अब नचुकौ नेतृत्व चयन गर्नका लागि। यो भन्दा पहिलेको चुनावमा जिताएका नेताहरुले डोटीलाई ठूलो धोका दिएको महसुस भएको छ। डोटेली आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरु हामीले एमाले, कांग्रेस, माओवादी यी सबै दलका मान्छेको अनुहार, क्षमता अथवा इतिहास हेरेका थियौ।  

यी दल र दलका नेताहरूले सुदूरपश्चिमको मुटु डोटीलाई धोका दिएको ठहर डोटेली जनताले गर्नुपर्छ। प्रदेश राजधानीको विषयलाई पनि हेर्दा नेताहरूको अवसरवाद र असली चेहरा देखिन्छ। डोटीमा पुरानै नेता तथा नेतृत्व आउन नदिन अव नयाँ तथा युवा नेतृत्वलाई छान्नुपर्छ। 

अब डोटेली जनताले बालेनजस्ता युवा लेखे, पढेको क्षमतावान नेतृत्वलाई सही ठाउँमा लैजानुपर्छ। कुनै पाटीृ या कार्यकर्ता नबनेर डोटी र डोटेलीको भाग्य तथा भविष्य बनाउनेलाई अबको नेतृत्व सुम्पनुपर्दछ। त्यसका लागि डोटी र डोटेली जनता तथा युवाहरुमा एकता आवश्यक छ। एकतामा नै बल र शक्ति छ। परिवर्तका लागि एकपटक एकजुट हुन जरुरी छ। 

कमेन्ट लोड गर्नुस