बैतडीमा जीप दुर्घटना हुँदा चालक घाइते
बैतडी: बैतडीमा जीप दुर्घटना भएको छ। बिहीबार बिहान साढे ८ बजे दशरथचन्द नगरपालिका-११ बरतोलीबाट त्रिपुरातर्फ आउदै गरेको सु.प.प्र.०४–००१ ज ००१३ नम्बरको जीप दुर्घटनामा परेको हो।
दुर्घटनामा परि जीप चालक सुर्नया गाउँपालिका ३ का ३४ वर्षीय पृथ्वी भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए। उनको टाउकोमा चोट लागेको र जिल्ला अस्पतालमा उपचार पछि थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्याललय बैतडीले जनाएको छ। जीपमा चालक मात्र सवार थिए। जीप सडकबाट करिब ३० मिटर तल खसेको छ।