सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको देहीमाण्डौं क्षेत्र मदिरा निषेधित क्षेत्र घोषणा

२०७९ असोज १३, १०:५६ खबर संवाददाता

बैतडीः बैतडीको देहीमाण्डौं क्षेत्र मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ। 

दशरथचन्द नगरपालिका २ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमीको दिन राँगाको बलिसहित जात्रा हुने भएको र सो जात्रालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्न देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो। 

निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले मदिरा सेवन र विक्रिका कारण विभिन्न खालका समस्याहरु हुने भएकाले दशैंको अवधि सम्म मन्दिर आसपासका क्षेत्रमा मदिरा निषेध गरिएको बताएको छ। 


 

कमेन्ट लोड गर्नुस