सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको डिलाशैनीमा सहिद परिवारलाई भत्ता दिन थालियो

२०७९ असोज १२, ०५:३२ खबर संवाददाता

धनगढी: बैतडीको डिलाशैनी गाउँपालिकामा सहिद परिवारलाई भत्ता दिन थालिएको छ। गाउँपालिकाका सहिद परिवारलाई सहिद सम्मान कार्यक्रम अन्तर्गत भत्ता दिन थालिएको बताइएको छ।

मासिक ३ हजारका दरले भत्ता दिने कार्यक्रम स्वीकृत भएअनुसार भत्ता उपलब्ध गराउन थालिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए। उनका अनुसार गाउँपालिकामा जनयुद्ध तथा अन्य आन्दोलनका क्रममा सहिद भएका १६ जनाका परिवारलाई भत्ता उपलब्ध गराइनेछ।

परिवर्तनका लागि आफ्नो प्राणको आहुती दिने सहिदका आश्रित परिवारलाई जीवन धान्न सहज होस् भनी सहिद सम्मान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए। 


 

कमेन्ट लोड गर्नुस