सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाटन नगरपालिकामा अपहेलित गाउँका नाम परिवर्तन हुँदै

२०७९ असोज १२, ०१:२४ खबर संवाददाता

बैतडी : बैतडीमा अपहेलित गाउँका नाम परिवर्तन हुन थालेका छन्। केही दिन पहिला पाटनमा बसेको अन्तरपालिका समन्वय बैठकले अपहेलित गाउँका नाम परिवर्तन गर्ने निर्णय गरेको थियो। जिल्लाको पाटन नगरपालिकाको कार्यपालिकाले अपहेलित गाउँका नाम एक महिनाभित्र परिवर्तन गरिसक्ने निर्णय समेत गरेको छ।

कार्यपालिकाको निर्णय अनुसार नगर क्षेत्रभित्र रहेका अपहेलित गाउँका नाम परिवर्तन गर्न थालिएको नगर उपप्रमुख कमलसिंह बोहराले बताए। कुनै जात र वर्गलाई होच्याउने किसिमले राखिएका नामहरु सच्याउने कार्य शुरु भएको उपप्रमुख बोहराले बताए। 

वडा नं ५ वसन्तपुरभित्र रहेको ‘डुम्यौडा’टोलको नाम परिवर्तन गरिएको छ। दलित जातिलाई इंगित गरेर राखिएको सो टोलको नयाँ नाम श्रृजना टोल राखिएको छ। उपप्रमुख कमलसिंह बोहराको उपस्थितीमा भएको भेलाले टोलको नाम श्रृजना टोल राखिएको हो। 

गाउँलेहरुको भेलाले टोलको नाम श्रृजना टोल राख्ने निर्णय गरेकाले सोही अनुसार टोलको नाम परिवर्तन गरिएको वडा अध्यक्ष फुनिसिंह बोहराले बताए। पाटन नगरपालिकाका सबै वडामा अपहेलित गाउँका नाम परिवर्तन गरिने उपप्रमुख बोहराले बताए।

कमेन्ट लोड गर्नुस