धनगढीको कपडा बैंकलाई ६० थान कपडा सहयोग
२०७९ असोज १२, १२:५३
धनगढीः धनगढीको कपडा बैंकलाई ६० थान कपडा सहयोग गरिएको छ। उप–महानगरपालिको वडा नम्बर–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई कपडा दान गरिएको हो।
धनगढीको कृष्णनगर टोलमा रहेको हेबेन्स मन्टेश्वरी स्कुलबाट ३५ र फुलवारीका मेघप्रसाद शर्माले २५ थान कपडा सहयोग गरेका हुन्। संकलन भएका कपडा आवश्यकता भएका व्यक्तिलाई निःशुल्क वितरण गर्ने गरिएको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्।
कमेन्ट लोड गर्नुस