सुदूर नेपाललाई विश्वसँग जोड्दै

जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ 

२०७९ असोज १२, ०६:०६ खबर संवाददाता

भक्तपुरः जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप उमाकुण्ड गाउँपालिका ३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका २ दुवाकोट तल्लो हाईट बस्ने ३९ वर्षीय जयन्त थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

थापाले ती किशोरीलाई गत भदौ २१ गते दिउँसो आफ्नै घर कोठामा जबरजस्ती करणी गरी फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस