सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘बझाङ उद्योग वाणिज्य संघ कप २०७९’ हुने, विजेतालाई १ लाख ३१ हजार 

२०७९ असोज ९, १०:४४ खबर संवाददाता

बझाङ: उद्योग वाणिज्य संघको आयोजनामा ठूलो धनराशिको ‘बझाङ उद्योग वाणिज्य संघ कप २०७९’ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। सिलदेवी मेलाको अवसरमा उद्योग वाणिज्य संघले असोज २३ गतेदेखि पालिकास्तरीय महिला र पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। 

मेलाको अवसरमा पुरुष भलिबलतर्फ प्रथम टिमलाई १ लाख ३१ हजार पुरस्कारको व्यवस्था गरिएको बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले जानकारी दिए।  यस्तै द्वितीय पुरस्कार ७५ हजार १११ तथा तृतीय पुरस्कार ५१ हजार एक १११ तोकिएको छ। साथै, सान्त्वना पुरस्कार ११ हजार १११ रुपैयाँ छ। 

महिला भलिबलतर्फ प्रथम पुरस्कार ५१ हजार १११, द्वितीय पुरस्कार ३१ हजार १११ तथा तृतीय पुरस्कार २१ हजार १११ छ । सान्त्वना पुरस्कार ५ हजार १११ रुपैयाँ व्यवस्था गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस