सुदूर नेपाललाई विश्वसँग जोड्दै

दसैंका लागि हेलिकोप्टरमार्फत टिंकर र छाङरुमा चामल पठाइने

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ असोज ९, ०८:२० खबर संवाददाता

धनगढी: दसैंका लागि दार्चुलामा हेलिकोप्टरमार्फत ४ सय क्वीन्टल चामलसहित खाद्यान्न ढुवानी गरिने भएको छ। जिल्लाको टिंकरमा १६० र छाङरुमा २४० क्वीटल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार बोलपत्र आह्वान गरेको छ।

कम्पनीको शाखा कार्यालय दार्चुलादेखि दार्चुलाको व्यास गाउँपालिको टिंकर र छाङरुसम्म हेलिकप्टबाट खाद्यवस्तु ढुवानीका लागि हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले गोप्य सिलबन्दी पेस गर्न भनिएको छ।  स्वीकृत भएको हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले  १४ असोजमा कम्पनीसँग सम्झौता गर्नुपर्ने छ। 

कमेन्ट लोड गर्नुस