सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा हुने दिजगंगा मेमोरियल टी–२० प्रतियोगिताको ट्रफी सार्वजनिक

२०७९ असोज ९, ०७:४१ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा आयोजना हुने दिजगंगा मेमोरियल पुरुष टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ। डडेल्धुरा जिल्ला क्रिकेट संघले शुक्रबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रफी सार्वजनिक गरेको हो।

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले ट्रफी सार्वजनिक गरेका हुन्। प्रतियोगिता असोज १२ गतेदेखि अमरगढी नगरपालिका–३ रामलिला खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रथम हुने टिमलाई ट्रफीसहित नगद ५१ हजार रुयैयाँ पुरस्कार दिइने छ । द्धितीय हुने टिमले नगद २५ हजार ५ सय ५१ रुयैयाँका साथै ट्रफी पाउनेछ। टिम दर्ता शुल्क ४० हजार राखिएको छ।

डडेल्धुरा जिल्ला क्रिकेट संघका सदस्य बासुदेव जोशीले प्रतियोगिता सम्पन्न गर्नका लागि पुरस्कार राशिबाहेक पाँच लाख ४६ हजार २ सय रुयैयाँ लाग्ने जानकारी दिए। सातवटै टिमलाई आयोजकले नै पोशाक उपलब्ध गराउने उनले बताए।

उनका अनुसार पोशाक खर्च २ लाख १ हजार ६ सय रुयैयाँ लाग्नेछ । सात टिमका १६–१६ खेलाडीलाई पोशाक उपलब्ध गराइने उनको भनाइ छ । प्राविधिक खर्च ८९ हजार ६ सय र टेन्ट खर्च ३५ हजार लाग्ने जोशीले जानकारी दिए।

यसैगरी प्रतियोगिताभर बल खर्च ३० हजार, स्टेश्नरी र ब्यानर खर्च २५ हजार, यातायात खर्च १५ हजार, सबै विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरूप ७५ हजार अतिथि सत्कार खर्च ५० हजार, उद्घाटन र समापन खर्च २५ हजार लाग्ने आयोजकको अनुमान छ।

 

कमेन्ट लोड गर्नुस