सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा.केसीले तोडे अनशन, सरकारसँग १० बुँदे सहमति

२०७९ असोज ९, ०५:४९ खबर संवाददाता

काठमाडौं:  सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ। सरकारसँगको सहमतिपछि केसीले १३औं दिनमा अनशन तोडेका छन्। सरकारी पक्षसँगको १० बुँदे सहमति भएको डा. केसीले अनसन तोडेको केसीका सहयोगी प्रितम सुवेदीले बताए।

सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले  त्यहीं उपचाररत सरिता चाैधरीकाे हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट डा. केसीले हस्ताक्षर गरेका छन्।

डा. केसीले गत भदौ २७ गतेबाट धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं  आमरण अनसन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।

सेती अस्पतालले उनको स्वास्थ्य समस्या बढ्दै गएको बताएपछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। 

 

 

 

 

कमेन्ट लोड गर्नुस