सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम राजधानी कप धनगढीमा सुरु, उद्घाटन खेल आधामै रोकियो

२०७९ असोज ८, ०७:१६ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा आजदेखि सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ। पीएफए स्पोट्स क्लब अत्तरियाको आयोजनामा सात ओटा प्रदेशको सहभागिता रहेको फुटबल प्रतियोगिता सुरु भएको हो। 

प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक योजनामन्त्री प्रकाश रावलले उद्घाटन गरे। धनगढीस्थित रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको रातो टिम र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरेका छन्। 

ढिलो गरी उद्घाटन खेल भएपछि खेल रोकिएको छ। रात परेपछि स्थगित गरिएको खेल भोलि खेलाइने भएको छ। बाँकी रहेको १७ मिनेटको खेल भोलि खेलाइने आयोजकले जनाएको छ। खेल रोकिनुअगि दुबै टोलीले गोलरहित बराबरी खेलेका छन्। भोलि नै हुने अर्को खेलमा मधेश प्रदेश र लुम्बिनी प्रदेश पनि प्रतिस्पर्धा गर्नेछन्। 

प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद ५ लाखसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् भने उप विजेताले नगद ३ लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ।

कमेन्ट लोड गर्नुस