सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा प्रदेशस्तरीय खप्तड-शैलेश्वरी गोल्डकप सुरू

२०७९ असोज ८, ०२:०९ खबर संवाददाता

डोटीः सुदूरपश्चिम प्रदेशस्तरीय खप्तड-शैलेश्वरी गोल्डकप २०७९ शनिबारदेखि डोटीमा सुरू भएको छ। असोज १० गतेसम्म सञ्चालन हुने गोल्डकप फुटबल प्रतियोगितामा पहिलो खेल कैलाली र बाजुराको टिमबीच भइरहेको छ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६, भैरवप्रसाद गण सिलगढी र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा संचालन भइरहेको फुटबल प्रतियोगितामा ७ वटा टिम रहेका छन्। पहिलो चरणका खेलहरू नकआउट सिष्टममा खेलाइने र खेल समय ३५ मिनेटको रहने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा कैलाली, डोटी, अछाम, बाजुरा, डडेल्धुरा, उद्योग वाणिज्य संघ, भैरवप्रसाद गणका टिम रहेका छन्।

गोल्डकप प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख तथा ट्रफी र द्वितीय हुने टिमलाई नगद ५० हजार तथा ट्रफि पुरस्कार रहेको छ। प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसीं खड्काले गरेका छन्।


 

कमेन्ट लोड गर्नुस