मिनी खप्तडमा अखिल (क्रान्तिकारी) डोटीद्वारा सरसफाइ
धनगढी: मिनी खप्तडमा अखिल (क्रान्तिकारी) डोटीद्वारा सरसफाइ कार्यक्रम गरिएको छ।
खप्तड जाने बाटोमा पर्ने मिनी खप्तड अर्थात बगलेकमा सरसफाइ गरिएको हो। संविधान दिवसको अवसरमा सरसफाइ गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रकाश जोशीले बताए। प्लास्टिक, सिसा लगायतका फोहरले प्राकृतिक सौन्दर्यतामा हानी पुर्याउने भएकाले सरसफाइ गरिएको बताउँदै उनले जथाभावी रूपमा फोहर गर्न नहुने बताए।