महिला फुटबल फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित
२०७९ असोज ४, ०६:११
काठमाडौंः बंगलादेशलाई पराजित गरी घरेलु मैदानमा साफ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि उचाल्ने नेपालको सपना फेरि पनि अधुरै भएको छ।
संविधान दिवसका दिन १६ हजार समर्थकमाझ उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाल बंगलादेशसँग ३–१ ले पराजित भयो।
नेपाली महिला फुटबलको ३६ वर्षे अन्तर्राष्ट्रिय इतिहासमा राष्ट्रिय टिम फाइनलमा पराजित भएको यो १० औं पटक हो।
कमेन्ट लोड गर्नुस