सुदूर नेपाललाई विश्वसँग जोड्दै

घर आइरहेका डोटीका ओली पलियाबाट हराए

२०७९ असोज ३, ०४:४९ खबर संवाददाता

धनगढी: डोटीका एक पुरुष पलियाबाट सम्पर्कविहीन भएका छन्। जिल्लाको सायल गाउँपालिका-२ सिर्माका अन्दाजी ४१ वर्षीय कटे ओली भारतको पलियाबाट सम्पर्कविहीन भएका हुन्।

कामको सिलसिलामा भारत गएका ओली नेपाल फर्किने क्रममा पलियाबाट असोज १ गते शनिबारदेखि सम्पर्कमा नआएका बताइएको छ। भारतको आन्द्र प्रदेशको बिसाखापाटनबाट यही सेप्टेम्बर १३ तारिखमा घर हिँडेका उनी पलिया पुगेपछि दुई दिनसम्म त्यहीँ बसेको बताइएको छ। तर त्यसपछि उनी सम्पर्कमा नआएका उनको पारिवारिक स्रोतले जनाएको छ। 

उनलाई खोजिदिन आग्रह गरिएको छ। कसैले भेटाए बैङ्लोरको लागि इश्वर ओलीको मोबाईल नम्बर ७६२४९५४४६० र उनको छोरा तिलक ओलीको मोबाईल नमबर ८८६७८४३१४० मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।
त्यस्तै बिक्रम बोहरा ९०१४०८११३०, हर्क ओली ९१८५२२०५९३५६ तथा नेपालको लागि दलबहादुर ओलीको मोबाइल नम्बर ९८६८५५३७४८ मा सम्पर्क गरिदिन आफन्तले अनुरोध गरेका छन्।

कमेन्ट लोड गर्नुस