सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भूमी सम्बन्धी लगत संकलनको काम रोकियो

२०७९ असोज १, ०७:४८ खबर संवाददाता

धनगढी: बैतडीमा भूमि सम्बन्धी लगत संकलनको काम रोकिएको छ। निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरण, तथ्यांक संकलन, लगत संकलन लगायतका काम रोक्न निर्देशन दिएपछि बैतडीमा पनि लगत संकलनको काम रोकिएको हो।

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर लगत संकलनको काम रोक्न आयोगले निर्देशन दिएको बताइएको छ। राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐरका अनुसार आफू मातहतका जिल्ला समितिहरुलाई पनि ती कामहरु रोक्नका लागि आयोगले निर्देशन दिएको छ।

सोहीअनुरुप भूमि सम्बन्धी काम गरिरहेका सबै पालिकाहरुलाई अर्को सूचना नआउँदासम्मका लागि लगत संकलनको काम रोक्न भनिएको छ। अब चुनावपछि लगत संकलनको काम अघि बढ्ने बताइएको छ।

कमेन्ट लोड गर्नुस