धनगढीमा असोज ८ गतेदेखि सुदूरपश्चिम राजधानी कप २०७९ सुरु हुने
धनगढीः धनगढीमा असोज ८ गतेदेखि १५ गतेसम्म सुदूरपश्चिम राजधानी कप २०७९ सुरु हुने भएको छ। शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी आयोजक पिएफए स्पोटर्स क्लबले प्रतियोगिता बारे जानकारी दिएको हो।
प्रतियोगिताको मुख्य प्रवर्धकमा सुदूरपश्चिम खेलकुद परिषद् रहेको छ। यस्तै सह-प्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् नेपाल रहको छ।
हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप मुख्य नारा लिएर प्रतियोगिताको सुरुवात गरेको आयोजकले जनाएको छ। यो प्रतियोगिताको चौथो संस्करण हो। सहभागी ८ वटा टिम रहने छन्। घरेलु लगायत सबै प्रदेशका १/१ टिम रहने छन्।
५ लाख प्रथम पुरस्कार रहेको आयोजकले जनाएको छ। ३ लाख द्वतिय पुरस्कार रहेको छ।