सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा शुक्रबारदेखि दोस्रो चरणको फाइजर खोप लगाइने

फाइल फोटो
फाइल फोटो
२०७९ भदौ ३०, ०१:३४ खबर संवाददाता

धनगढी: बाजुरामा शुक्रबारदेखि दोस्रो चरणको फाइजर खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाजुराले भाद्र ३१ गतेदेखि असोज २ गतेसम्म दोस्रो चरणको फाइजर खोप लगाउने भएको हो।

जिल्लाका ५ वर्षदेखि ११ वर्षसम्मका करिब १९ हजार १७१ जना बालबालिकाहरूलाई दोस्रो चरणको फाइजर खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए। बालबालिकाहरूलाई नजिकको पायक पर्ने खोप केन्द्र वा विद्यालयमा गएर खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।  

कमेन्ट लोड गर्नुस