सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल टी–२० लिगको मिति सर्‍याे

२०७९ भदौ ३०, ०८:४८ खबर संवाददाता

काठमाडौं: नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गर्ने नेपाल टी–२० लिगको मिति सरेको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको कारण मङ्सिर ४ गतेअघि लिग सञ्चालन हुने भएको हो।

लिगमा खेल्ने खेलाडी तथा मैदानको सुरक्षाको लागि गृह मन्त्रालयलाई क्यानले पत्राचार गरेको थियो। तर गृह मन्त्रालयले प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि मात्रै प्रतियोगिता सञ्चालन गर्न भनेको छ। यसअघि असोज ८ देखि कात्तिक ५ गतेसम्म प्रतियोगिता आयोजना हुने तालिका रहेकामा अब मंसिरसम्म सरेको हो।

प्रतियोगितामा ६ वटा टोली सहभागी छन्। केही टोलीले विदेशी खेलाडी समेत अनुबन्ध गरिसकेका छन्।

कमेन्ट लोड गर्नुस