डोटीमा भिरबाट लडेर एक वृद्धा गम्भीर घाइते
२०७९ भदौ ३०, ०७:३५
डोटी: डोटीमा भिरबाट लडेर एक जना वृद्धा गम्भीर घाइते भएकी छन्। डोटीको शिखर नगरपालिका–३ देकुरालीकी ६० वर्षीया पवि सार्की लडेर घाइते भएकी हुन्।
कालागाडबाट घर जाने क्रममा उनी लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए। अहिले उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेकोे छ ।
कमेन्ट लोड गर्नुस