सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा ३३ जना डेंगुका संक्रमित भेटिए

२०७९ भदौ २९, ०८:३२ खबर संवाददाता

धनगढीः डोटी जिल्लामा थप ३३ जना डेंगुका बिरामी भेटिएका छन्। स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लामा परीक्षण गर्दा २७ र जिल्ला बाहिर परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।

भदौ १३ गते पहिलो व्यक्तिमा संक्रमित केस फेला परेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ। त्यसयता क्रमशः जिल्लामा डेंगुका संक्रमित बढिरहेका छन्।

दिपायल सिलगढी नगरपालिकामा सवैभन्दा बढी ११ जनामा डेंगुको संक्रमण देखिएको छ। यस्तै पूर्वीचौकी गाउँपालिकामा ७ जना, शिखर नगरपालिकामा ६, सायल गाउँपालिकामा २ जना र केआई सिंह गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए। डेंगुका संक्रमितमध्ये १२ जना पुरुष र १५ जना महिला हुन्।
 

कमेन्ट लोड गर्नुस