सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तडको प्रवेशद्वार झिंग्रानामा बिजुली पुग्यो

२०७९ भदौ २९, ०७:५८ खबर संवाददाता

धनगढीः भूस्वर्गका नामले चिनिने खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिंग्रानामा पहिलो पटक बिजुली बत्ती पुगेको छ। पूर्वीचौकी गाउँपालिका–२ मा रहेको झिंग्राना र त्यस वरपरका गाउँमा बत्ती बलेपछि स्थानीयसँगै खप्तड जाने पर्यटकलाई पनि सहज हुने भएको छ।

पूर्वीचौकी गाउँपालिको पहलमा विद्युत् प्राधिकरण डोटी वितरण केन्द्रले राष्ट्रिय प्रसारणको थ्रीफेज विद्युत् लाइन विस्तार गरेको हो। विस्तारित विद्युत् लाइनको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले उद्घाटन गरेका थिए। 

विद्युत् विस्तार भएसँगै सो बाटो भएर खप्तड जाने पर्यटकसँगै त्यस वडाका ६० घरधुरी लाभान्वित हुने भएका छन्।
 

कमेन्ट लोड गर्नुस