डोटीमा लुटपाटको आरोपमा जंगलबाट युवक पक्राउ, चक्कु पनि भेटियो
धनगढीः डोटीमा चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा एक युवक समातिएका छन्। जिल्लाको आदर्श गाउँपालिका–१ सिर्कलाका २९ वर्षीय शंकर खड्का चक्कुसहित जंगलबाट पक्राउ परेका हुन्। उनलाई आदर्श गाउँपालिका–२ साउनकाँडाको जंगलबाट समातिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार उनीमाथि चोरीमा संलग्न रहेको आरोप छ। उनलाई भदौ १ गते माइत गइरहेकी सायल गाउँपालिका–६ की २७ वर्षीया पार्वती कटुवालले लगाएको सुनको गरगहना लुटेको आरोपमा पक्राउ गरिएको हो।
उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।