सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा बाढीः  प्रभावित क्षेत्रमा विद्युत र सञ्चार अवरुद्व 

२०७९ भदौ २६, ०८:४२ खबर संवाददाता

धनगढी: दार्चुलामा बाढी प्रभावित क्षेत्रमा विद्युत र सञ्चार अवरुद्व भएको छ। दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्र विद्युत र सञ्चारबाट अलग भएको हो। 

बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ। बाढीले विद्युत र सञ्चार अवरुद्व रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

अहिलेसम्म ५ जनाको शव फेला परेको छ। ३ जना महिला र २ पुरुष गरी ५ जनाको शव फेला परेको बताइएको उनले बताए। उद्धार र खोजी कार्य जारी रहेको उपाध्यायले बताए। 


 

कमेन्ट लोड गर्नुस