सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु 

२०७९ भदौ २६, ०७:२३ खबर संवाददाता

धनगढी: डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जोरायल गाउँपालिका १ बडाखेतस्थित सडकमा मोटरसाइकल दुर्घटना भएको हो। 

सोही ठाउँ बस्ने ३४ वर्षीय भुपेन्द्र मल्लले चलाएको सुपप्र ०१०११ प ३५४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले बताएको छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस