डोटीकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
२०७९ भदौ २५, ०९:२९
धनगढी: डोटीकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको बडीकेदार गाउँपालिका-३ घाङ्गलकी ३० वर्षीया बिस्नादेवी रोकामगरको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
गत बिहीबार सामुदायिक स्वास्थ्य इकाई मुलेचौरमा मृत शिशुलाई जन्म दिएकी उनलाई उच्च रक्तस्राव भएको बताइएको छ। मगरलाई नेपाली सेनाको एन ए ०६१ कल साइनको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको भैरवप्रसाद गण डोटीले जनाएको छ।
कमेन्ट लोड गर्नुस