सुदूर नेपाललाई विश्वसँग जोड्दै

के राजनीति सत्ता प्राप्तिका लागि मात्र हो त ? 

२०७९ भदौ २५, ०४:५४

-करन साउँद

के राजनीति सत्ता प्राप्तिका लागि मात्र हो त ? वास्तव मा त्यो होइन। तर पछिल्लो चरणको राजनीति व्यापारजस्तै भएको छ। 

होइन, राजनीति भनेको सेवा हो। जुन देश र जनहितका लागि गरिनुपर्छ। सामाजिक विकास, आर्थिक रूपान्तरण र समृद्धिका लागि गरिनुपर्छ। बृहत्तर सामूहिक स्वार्थका लागि हुनुपर्छ, राजनीति। युगानुसार नयाँ सत्ता, सरकार र व्यवस्था प्राप्तिका लागि हुनुपर्छ। तर, यतिवेला मुलुकको राजनीतिक अवस्था हेर्दा केही राजनीतिक दलले यसलाई पूरै व्यापारीकरण गरी मुनाफा कमाउने साधन बनाएका छन्। व्यापारीकरणलाई जबर्जस्त स्थापित गरिदिएका छन्। देशमा पद र पैसाका निम्ति जे पनि गर्ने राजनीतिक प्रवृत्ति हावी भएको छ। यो राजनीतिक दल र तिनका नेतृत्वले तोडेको राजनीतिक संस्कार हो। सत्ता र शक्तिमा पुगेपछि राजनीतिक व्यवस्थालाई निजी सम्पत्तिका रूपमा प्रयोग गर्ने प्रवृत्ति हाबी छ। 

यसरी निहित स्वार्थ र सत्तासंघर्षले मुलुकको राजनीति तल्लोस्तरमा झरिसकेको छ। यसलाई ७ जेठको मध्यरातिमा गरिएको दोस्रोपटकको संसद् विघटनले पनि पुष्टि गर्छ। दलहरूले आफ्नो अस्तित्वका लागि आन्तरिक शक्तिभन्दा बाह्य शक्तिको संदिग्ध सहयोग लिन थालेका छन्। यसरी आफ्नो स्वार्थका लागि आन्तरिक शक्तिको क्षयीकरणबाट देशको भविष्य के होला ? आगामी केही दशकपछि मुलुकको अवस्था कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ। 

यसरी राजनीतिक दलहरूले तलदेखि माथिसम्म राजनीतिक मूल्य, मान्यता, नीति, विधिलाई बेचीखाने भाँडो बनाएका छन्। जनताले आजसम्म भ्रमकै बीचबाट आफ्नो अमूल्य मतको योगदान दिँदै आएका छन्। किनकि दास, गुलाम प्रवृत्तिले ग्रसित राजनीतिक दलका नेता–कार्यकर्ताले अवसरै पाएपिच्छे दलबदल गर्दै आएका छन्। कुन राजनीतिक दल र विचारका मानिस को हुन् ? जनताले मेलोमेसो र भेउ पाउन सकिरहेका छैनन्। कर्मचारीतन्त्रसमेत यसबाट अलग रहन सकेको छैन। कहाँ र कोबाट आफ्नो पद र कुर्सीको टेको पाइन्छ, उतैतिर लागिहाल्ने चरम अवसरवादी प्रवृत्ति व्याप्त छ। यसबाट देशको भलो र जनसेवामा गम्भीर समस्या सिर्जना हुँदै आएको छ। राजनीतिक दलका नेता रिझाउँदा पाइने संरक्षणले कर्मचारी सेवाप्रति समर्पित नभएको प्रस्टै छ। जब कुनै पनि ब्याक्ती राजनीतिमा प्रवेश गर्छ। उसले इमानदार साथ पहिलो बोली हुन्छ म पदका लागि होइन म मेरा लागि होइन म त गरिब जनताका लागि हुँ। म त दिन दुखी ब्याक्तीका लागि हुँ म त सधै समाज र जनता प्रति बफादार हुँ यो त एक राजनीतिमा प्रवेश गरि सके पछिको सुरुवातको एक आधारशिला हो। जसलाई हामीले जग भनेर पनि बुझ्न सक्छौ। यहाँ मुखले नेता र नेतृत्वले रास्ट्रवादका कुरा गर्छ्न यहाँ विकासका कुरा गर्छ्न् तर त्यो वास्तविकता र व्यवहारमा न उतार्छन न उतारेका छन न त यिनलाई देशको माया छ न त यिनलाई जनताको यिनिहरुलाई मात्र सत्ता र धन आर्जन गर्नु छ। 

त्यसैले पछिल्लो देशको स्थिति भनेको सत्ता प्राप्तिका लागि मात्र राजनीति गर्नेको लहर लागेको छ। पछिल्लो चरणको व्यक्तीहरुको सत्ता प्राप्तिका लागि गरिने राजनीतिले जनतालाई मात्र होइन देशलाई नै बर्बाद बनायको छ त्यसैले वास्तविक बोलिने नेताका शब्द भन्दा गरिने व्यवहारले धेरै फरक पारेको छ। त्यसैले अहिले को वर्तमान राजनीतिलाई हेर्ने हो भने हरक राजनीति दल व्यक्ती र नीति नै सत्ता प्राप्तिका लागि मात्र गरिएको देखिएको छ।

त्यसैले वर्तमान राजनीति गर्ने दल र दलेहरुको मुख्य उदेश्य नै सत्ता प्राप्ति र राज्य संचालन रहेको छ।

कमेन्ट लोड गर्नुस