सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पहिरोमा परि एक महिला बेपत्ता 

२०७९ भदौ २५, ०७:१२ खबर संवाददाता

दार्चुला: दार्चुलामा पहिरोमा परि एक महिला बेपत्ता भएकी छिन्। नौगाड गाउँपालिकामा वडा नम्बर २ सल्लामा पहिरोमा परि किम्ती ठगुन्ना बेपत्ता स्थानीयले बताएका छन्। 

पहिरोमा परि अरु केही मानिस बेपत्ता भएको आशंका गरिएको छ। शुक्रबार रातिबाट परेको अविरल वर्षाले जिल्लामा ठूलै क्षति गरेको छ।

दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन्। लास्कु खोलाको बिचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्धार गरेका छन्। 

बाढीले केही घर र पुल बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए।

उद्धार कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको उनले बताए। घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।

कमेन्ट लोड गर्नुस