सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको कच्ची सडकमा मोटरसाइकल अनियन्त्रित भएपछि...

२०७९ भदौ २४, १०:२१ खबर संवाददाता

धनगढीः डोटीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक युवकको मृत्यु भएको छ। शुक्रबार जिल्लाको जोरायल गाउँपालिका–१ मणिपुर निवासी अन्दाजी ३० वर्षीय ज्ञानु मल्लको दुर्घटनामा मृत्यु भएको हो। 

डोटी प्रहरीका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीका अनुसार जोरायलबाट घण्टेरश्वर जाने कच्ची सडकमा दुर्घटना भएको हो। उक्त सडकखण्डमा मल्लले चलाएको सुपप्र ०१०११ प ३५४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको उनले बताए।

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएपछि घटनास्थलमै उनको ज्यान गएको प्रहरीले बताएको छ। यस्तै उनको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। मृतक मल्ल बजारबाट पसलको सामान किनेर घर फर्कन लागेका थिए।  

कमेन्ट लोड गर्नुस