सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

२०७९ भदौ २४, ०९:२५ खबर संवाददाता

धनगढीः डोटीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक युवकको मृत्यु भएको छ। शुक्रबार जिल्लाको जोरायल गाउँपालिका–१ मणिपुर निवासी अन्दाजी ३० वर्षीय ज्ञानु मल्लको दुर्घटनामा मृत्यु भएको हो। 

प्रहरीका अनुसार घोरडी मणिपुर सडकखण्डमा सुप प्र ०१०११ प ३५४६ नम्बरको मोटरसाइकल दुर्घटना भएपछि उनको ज्यान गएको हो। उनी बजारबाट पसलको सामान लिएर घर फर्कने क्रममा मोटरसाइकल दुर्घटना भएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस