सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा माओवादीबाट प्रदेश सभा ‘ख’मा वली सिफारिस

२०७९ भदौ २४, ०९:०४ खबर संवाददाता

धनगढीः नेकपा पार्टी माओवादी केन्द्र डोटीले प्रदेश सभा ‘ख’मा शिव वलीसहित तीन जनाको नाम सिफारिस गरेको छ ।

यो क्षेत्रमा माओवादीका केन्द्रीय सदस्य तथा डोटी जिल्ला ईञ्चार्ज शिवसिंह वली , प्रदेश कमिटी सदस्यहरु मिनबहादुर घर्तिमगर ‘विश्व’ र प्रेम कुँवर ‘प्रख्यात’ को नाम सिफारिस गरिएको हो। 

विद्यार्थी संगठनको केन्द्रीय सदस्य, वाईसियलको केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारी सम्हालेका वली पार्टीमा माओवादी केन्द्रका जिल्ला सचिव हुँदै माओवादी केन्द्रका केन्द्रीय सदस्य र डोटी जिल्ला ईञ्चार्ज समेत रहेका छन्। उनले पार्टीमा टिकट पाउने सम्भावना बलियो रहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस