मुख्यमन्त्री भट्टको नाम प्रत्यक्ष र समानुपातिक दुवैमा
डोटी: आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्र डोटीले उम्मेदवार सिफारिस गरेको छ। बुधवार बसेको पार्टी जिल्ला समन्वय समिति डोटीले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सिफारिस गरेको छ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका भट्टलाई सर्वसम्मत सिफारिस गरिएको माओवादी केन्द्र डोटीका पार्टी संयोजक कमलबहादुर गड्सीलाले बताए।
पार्टीले प्रतिनिधि सभा समानुपातिक तर्फ ५ जना सिफारिस गरेको छ। खस आर्यबाट त्रिलोचन भट्टकै नाम रहेको छ। उनीबाहेक जनजातिबाट डम्बर घर्तिमगर, दलितबाट जङ्ग विक र जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठको नाम सिफारिस गरिएको छ।
यस्तै प्रदेशसभा ‘क’ का लागि भरत बोहरा योगेन्द्र, रमेश नागरी र बलबहादुर ओली सिफारीस भएका छन् भने ‘ख’ का लागि शिवसिंह ओली, मीनबहादुर घर्ती विश्व र प्रेम कुवर प्रख्यात सिफारिस भएका छन्।
समानुपातिक तर्फ प्रदेशसभा ‘क’ मा गीता सोव नेपाली, पूर्णराज जोशी र कृष्ण विक रहेका छन्। प्रदेशसभा ‘ख’ मा सिद्धराज विक विश्वप्रकाश, प्रेमा ओली, नन्दलाल विक, दिलीप कठायत, लक्ष्मणलाल योगी, चन्द्रा भूल, कर्ण नेपाली, शान्ति चुनारा र शारदा विक सिफारिस भएका छन्।