सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा भूकम्पीय प्रकोपको जोखिम 

२०७९ भदौ २२, १०:३२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश अन्य प्रदेशको तुलनामा विपद जोखीमका हिसाबले भूकम्पको उच्च जोखिममा रहेको पाइएको छ। मंगलबार धनगढीमा आयोजना गरिएको सुदूरपश्चिम प्रदेशको परिदृश्य भूकम्पमा आधारित प्रभाव आङ्कलन कार्यक्रममा सो जानकारी दिइएको हो।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा (सुपर) परियोजना अन्तरगत धनगढी उपमहानगरपालिका, युरोपीयन युनियन, यूएनडीपी, युनीसेफ, यु एन ओमन, नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सुदुरपश्चिम प्रदेशमा भुगर्भ तथा भुकम्पीय प्रकोप र हुनसक्ने प्रभाबबारे छलफल गरिएको हो।

सुदूरपश्चिम विगत लामो समय देखि भूकम्प नगएको हुँदा शतर्कता अपनाउनु पर्नेमा भुगर्भ विदले जोड दिएका छन्। भुगर्भ विद डाक्टर दिपक चौलागाईले विभिन्न विपद् जोखीम र भूकम्पको जोखिमका हिसाबले सुदुरपश्चिम प्रदेश उच्च जोखीममा रहेको बताए। 

भूकम्पीय जोखिम न्यूनीकरणका लागि आपतकालीन, मध्यमकालीन तथा दीर्घकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने उनले बताए। उनले त्यहाँ रहेका निजी आवासहरुलाई बेलैमा इन्जिनियरिङ प्रविधि र प्रवलिकरणका प्रविधि प्रयोग गरेर बलियो नबनाए ठूलो क्षति हुने बताए। चौलागाईका अनुसार बिगत १० बर्षको अवधीमा सुदुरपश्चिम प्रदेशमा २११९ विपदका घटना घटेका छन्। 

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले प्रदेश जोखियुक्त रहेकाले भूकम्पको मात्रै नभई विपद् सम्बन्धी सचेतना मूलक कामहरू अगाडि बढाउन आवश्यकता रहेको बताए।

सुदूरपश्चिम तराई, चुरेदेखि लिएर महाभारत लगायत हिमालय महत्त्वपूर्ण भए पनि त्यहाँ भएको भू बनोट संरचनाहरू जोखिमपूर्ण रहेका विपद्बारे गम्भीर भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। 

कमेन्ट लोड गर्नुस