सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशसभाको कार्यक्रम चलिरहेका बेला अर्थमन्त्री निदाएको भिडिओ भाइरल (भिडिओसहित)*  

२०७९ भदौ २२, १०:२३ खबर संवाददाता

धनगढी: यहि भदौ १७ गते शुक्रबार सुदूरपश्चिम प्रदेशसभाको १०औँ अधिवेशन अन्त्यको कार्यक्रम चलिरहेको थियो। प्रदेशसभा परिसरमा आयोजना भएको उक्त कार्यक्रममा प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर शाह*ले भाषण गरिरहेका थिए। शाहले संविधानसँग सम्बन्धित कुरा राखिरहेका थिए। उनले भनिरहेका थिए, ‘संविधानभन्दा ठुलो कोही हुँदैन, नेता पनि हुँदैन।’

तर, त्यसबेला सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल भने गहिरो निन्द्रामा थिए। उनी मर्यादाविपरीत निदाएको भन्दै अहिले उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। पूर्वमन्त्री बोलिरहेका बेला रावल निदाउनु उचित नभएको भन्दै विभिन्न टिकाटिप्णी समेत गरिएका छन्। 

*यसअघि समाचारमा ‘पूर्वमन्त्री प्रकाश शाह बोलिरहेका’ हुनुपर्नेमा भुलवस् अन्यथा भएकाले सच्याइएको छ। -सम्पादक

 

 

कमेन्ट लोड गर्नुस