सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नुस् भन्ने सुरक्षागार्ड पक्राउ 

२०७९ भदौ १९, ०२:१९ खबर संवाददाता

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस भन्‍ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन्। शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस भन्‍ने सुरक्षागार्डलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले बताए।

पक्राउ पर्नेमा ‘ग्रुप फोर सेक्युरिटी’ अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग कुँवर छन्। उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्न प्रहरी वृत्त, दरबारमार्गलाई भनिएको बोहोराले बताए। स्रोतका अनुसार पर्यटनमन्त्री श्रेष्ठ छायाँ सेन्टर पुगेका बेला अन्य व्यक्तिहरु लाइन बसिरहेका थिए। निजी सुरक्षा अधिकृत (पीएसओ) सहितका गएका पर्यटनमन्त्री श्रेष्ठ त्यहाँबाट अगाडि जान खोज्दा उनले रोकेका थिए। लगत्तै पीएसओले उनी मन्त्री भएको बताए।

तर सुरक्षागार्ड श्रेष्ठले ‘जो भए पनि लाइन’मा आउनुस् भनेका थिए। त्यसपछि विवाद भएको थियो। यही विषयलाई लिएर मन्त्रालयले प्रहरीमा जाहेरी पनि दिएको छ।

कमेन्ट लोड गर्नुस